छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु


 


दाङ, साउन २६ । बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

साँढेको आक्रमणबाट गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको मृत्यु भएको हो । साँढेले हानेर गम्भीर घाइते भएकी लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल– ३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दुध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी थिइन् ।

दुईवटा साँढे जुध्दै गरेका बेला दुध लिन हिँडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भएकी थिइन्।

उपमहानगरले छाडा चौपाया व्यवस्थित गर्न नसक्दा सीताको ज्यान गएको भन्दै यसको जिम्मेवारी उपमहानगरले लिनुपर्ने आवाज उठेको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्