डेंगु संक्रमितको संख्या तीन हजार नाघ्यो


 


काठमाडौं, साउन २६ । देशभर डेंगु संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो चार दिनमा ७१९ जना संक्रमित थपिएका छन् ।

महाशाखाले सार्वजनिक गरेको यो तथ्यांक स्वास्थ्य संस्थामा आइपुगेका संक्रमितको विवरण मात्र हो ।

डेंगु संक्रमण भएर स्वास्थ्य संस्थामा नआइपुगेकाको संख्या पनि धेरै हुनसक्ने अनुमान गरिएको छ ।

देशभर जनवरीदेखि हालसम्म ३ हजार ८४ जनामा डेंगु संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये एक जनाको मृत्यु भएको छ ।

डेंगुको संक्रमण ७३ जिल्लामा फैलिएको छ । जसमध्यै सबैभन्दा बढी तनहुँमा देखिएको छ । महाशाखाको तथ्यांक अनुसार पाँच सयभन्दा बढी संक्रमित देखिएको एक मात्र जिल्ला तनहुँ हो । यहाँ ५ सय ८३ लाई डेंगु भएको छ ।

त्यसैगरी काठमाडौं ३०७, कास्की १६६, झापा १३५, चितवन १३०, मकवानपुर ८४, भोजपुर ७५, गोरखा ७२, काभ्रेपलाञ्चोक ७१ र पाल्पामा ७१ जनामा डेंगु देखिएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्