काठमाडौंका आज यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने


 


काठमाडौं, साउन २६ । काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

विहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

बलम्बू सबस्टेशन अन्तर्गत थानकोट फिडर अन्तर्गत पर्ने सन्तुगलमा ११ मिटर को पोलमा तार लत्रिएको र गुर्जुधारामा लगत खारेज भएको हाइटेन्सम टीओडी मिटरको मिटरिङ युनिट डिस्मेन्टल गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यसबाट गुर्जुधारास्थित बलम्बू विद्युत् अफिस, दौराडिपो, राधाकृष्ण टोल, हाइभिजन कोलनी, पशुविकास, सिर्जना चोक, खहरे बसपार्क, डम्बू, इन्द्रथान, श्रीकृष्ण स्कुल, गैरीगाउँ, मुखिया गाउँ लगायतका स्थानमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने समेत प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्