बंगलादेशका हिन्दु आन्दोलित, आक्रमणको विरोध


 


एजेन्सी । सुरक्षाको माग गर्दै बंगलादेशका हिन्दुबादी संगठन आन्दोलित भएका छन् ।

राजधानी ढाकाको शाहबाग क्षेत्रमा हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा शुक्रबार दिउँसो हजारौँ हिन्दुले सो क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले बंगलादेशका विभिन्न भागमा हिन्दुका घर र अन्य सम्पत्तिमा भइरहेको आक्रमणको विरोध गरेका थिए ।

आन्दोलनरत संगठनहरूले हिन्दु समुदायको सुरक्षाको माग गरेका छन्। जातीय हिन्दु महाजोतलगायत सनातन धर्मका विभिन्न संघसंस्थाले आज (शनिबार) दिउँसो ३ बजेका लागि सोही स्थानमा अर्को जुलुसको आह्वान गरेका छन् ।

बंगलादेश हिन्दु बौद्ध क्रिश्चियन एकता परिषद्का अनुसार अगस्ट ५ पछिका तीन दिनमा बंगलादेशका खुलना, बागेरहाट, पटुआखाली, शरियतपुर, फरीदपुरलगायत कम्तीमा २९ जिल्लामा अल्पसंख्यक समुदायका घर, व्यवसाय र पूजास्थलमा तोडफोड र लुटपाट भएका छन् ।

संगठनहरूले हिन्दु समुदायविरुद्ध भएका यी आक्रमणमा धेरै मानिस घाइते भएको बताएका छन् ।

प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्