ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु


 


एमिली एटकिंसन । ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको छ ।

विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ । विमान दुर्घटना के कारणले भएको हो खुलेको छैन ।

प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्