बंगलादेशको अन्तरिम सरकारमा विद्यार्थी आन्दोलनका दुई नेता भए मन्त्री


 



काठमाडौं । सन् २००६ को नोवेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा दुई जना विद्यार्थी नेता पनि मन्त्री भएका छन् ।
२६ वर्षीय नाहिद इस्लाम युनुस र २५ वर्षीय आसिफ महोमद सजिब भुइयानले मन्त्री हुने अवसर पाए । दुवै विद्यार्थी नेता बंगलादेशको ढाका विश्वविद्यालयका हुन् ।

बिहीबार दुबैले शपथ लिएका छन् । आसिफले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउँदा नाहिदले हुलाक दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाएको बंगलादेशी मिडियाले जनाएका छन् ।

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्