दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया धरौटीमा रिहा


 


एजेन्सी । दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया जमानतमा रिहा भएका छन् ।

भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका नेतासमेत रहेका सिसोदियालाई जमानतमा रिहा गर्न आदेश दिएको हो ।

सिसोदियालाई गत वर्ष फेब्रुअरी २६ मा सीबीआईले पक्राउ गरेको थियो।

उनलाई १० लाख रुपैयाँ धरौटी राख्न र पासपोर्ट बुझाउन अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्