अस्पतालमा बिरामीको लाइन अन्त्य गर्न प्रधानमन्त्री ओलीको निर्देशन


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिरामीलाई निजी अस्पताल र क्लिनिकमा बोलाउने प्रवृति अन्त्य गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले बिरामीलाई बिनालाइन र सहजरूपमा उपचार सेवा दिने प्रबन्ध गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे।

बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले स्वास्थ्य बीमालाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउन आग्रह गरे।

छलफलमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, मुख्यसचिव लिलादेवी गड्तौला, सम्बन्धित मन्त्रालयका सचिव लगायत सहभागि थिए ।

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्