भारतको सिक्किममा गयो भूकम्प, नेपालमा पनि धक्का !


 


काठमाडौं । भारतको सिक्किममा आज बिहान भूकम्प गएको छ ।

भारतीय राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सोरेङ जिल्ला केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट कुनै पनि भौतिक र मानवीय क्षति भएको जानकारी नभएको बताइएको छ ।

भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा समेत महसुस गरिएको थियो ।

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्