अमेरिकी डलरको भाउ हालसम्मै उच्च


 


काठमाडौं, साउन २५ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार एक डलरको मूल्य बिक्रीदरतर्फ १३४ रुपैयाँ ६४ पैसामा कारोबार भएको छ । यस दिन खरिद दर पनि १३४ रुपैयाँ ५ पैसामा कारोबार भएको छ ।

अमेरिकी डलरको भाउ निरन्तर बढिरहेको छ । डलरको मूल्यमा नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अवमूल्यन भएको छ ।

भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपियाँ सबैभन्दा सस्तो दरमा झरेको हो । नेपाली रुपियाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर कायम छ ।

अमेरिकी डलरको मूल्य वृद्धि भइरहँदा नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव परे पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर पुग्छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४६ रुपैयाँ ४८ पैसा र विक्री दर १४७ रुपैयाँ १४ पैसा तोकिएको छ ।

बेलायती पाउण्ड १ को खरिद दर १७० रुपैयाँ १७ पैसा र विक्री दर १७० रुपैयाँ ९३ पैसा रहेको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्