आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै


 


काठमाडौं, साउन २५ । ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष नारा र कार्यक्रमसहित आदिवासी जनजातिहरूको अधिकारमुखी आन्दोलनको रूपमा मनाउँदै आएका छन् ।

दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसै गरी आदिवासी जनजाति महासंघले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि कार्यक्रम आयोजना गरेको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

संयुक्त राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्