आज तीन संसदीय समितिको बैठक बस्दै


 


काठमाडौँ, साउन २५ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

जसमध्ये आज बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफल हुनेछ ।

बिहान ११ बजे नै पूर्वाधार विकास समितिको बैठक बस्दैछ । जसमा जलश्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग दफावार छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । यस बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्