इन्सपेक्टर प्रिति सम्पर्कविहीन, मन्त्रालयद्वारा सूचना जारी


 


काठमाडौं, साउन २५ । प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. प्रिति मिश्र विगत चार महिनादेखि सम्पर्कविहीन बनेकी छन् ।

उनी सम्पर्कमा नआएपछि उनको नाममा गृह मन्त्रालयले शुक्रबार ७ दिने सूचना जारी गरेको छ ।

लामो समयसम्म कार्यालयमा अनुपस्थित भई सम्पर्कीविहीन बनेपछि मन्त्रालयले ७ दिने सूचना जारी गरेको हो ।

मन्त्रालयका अनुसार उनी गत वैशाख १० गतेदेखि १५ दिनको घर बिदा स्वीकृत गराई बिदा बसेकोमा हालसम्म पनि सम्पर्कमा आएकी छैनन् ।

पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत थिइन् ।

बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित नआए भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने मन्त्रालयको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्