कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा


 


काठमाडौं, साउन २५ । कोशी र कर्णाली प्रदेशमा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ ।

कर्णालीमा नागपञ्चमी र कोशीमा आदिवासी दिवसको अवसरमा आज सार्वजनिक विदा दिइएको छ ।

कर्णालीमा नागपञ्चमी परेको र खस क्षेत्रमा यो विशेष तरिकाले मनाइने भएकाले कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद खरेलले जानकारी दिए ।

त्यस्तै कोशी प्रदेशमा आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

आज यी दुबै प्रदेशमा सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिइएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्