सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु


 


बर्दिया, साउन २५ । बर्दियामा सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–१ कि ९ महिनाका बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको हो ।

घरमा आमासँगै सुतिरहेका ९ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेपछि मृत्यु भएको खुलेको छ ।

बालिका एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पु¥याएकोमा चिकित्सकले सर्पको टोकाइबाट मृत्यु भएको पत्ता लगाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार बालकलाई सर्पले टोकेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पु¥याएका थिए। घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

आजै सर्पको टोकाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई हाल गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोल स्थित मामाघरमा बस्ने ६ वर्षीया रिया चौधरी सर्पको टोकाइबाट घाइते भएकी छन् ।

एक्कासी बिरामी भई स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि बर्दिया अस्पताल पु¥याउँदा चिकित्सकले जाँचका क्रममा सर्पले डसेको आशंका गरेका थिए । हाल उनलाई त्यहाँबाट पनि भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्