पूर्वी नेपालमा भूकम्पको धक्का महसुस


 


झापा, साउन २५ । पूर्वी नेपालमा विहानै भूकम्पको धक्का महशुस भएको छ ।

भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर केहीबेरअघि भूकम्प गएको जनाइएको छ ।

पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो ।

उक्त भूकम्पको धक्का भारत, बंगलादेश, नेपाल, भुटान तथा चीनका केही भाग पनि महसुस गरिएको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दु नाम्चीबाट ९ किलोमिटर टाढा रहेको बताइएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्