मन्त्रिपरिषद्मा दुई मन्त्रीको वरियता हेरफेर, १६ औंं नम्बरमा पुगे स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । मन्त्रिपरिषदमा दुई मन्त्रीको वरियता हेरफेर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन्।
वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् ।
१६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् ।
पाण्डेको ठाउँमा पौडेल पुगेका छन् । मन्त्री पाण्डे हाल कांग्रेसका सहमहामन्त्री रहेका छन् ।
यसअघि ३१ असारमा गठित मन्त्रिपरिषदमा पौडेल १४ औं, अजयकुमार चौरसिया १५ औं र पाण्डे १६ औं वरियतामा थिए ।
प्रकाशित मिति: २४ श्रावण २०८१, बिहिबार