जापानमा गयो शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


 


जापान । जापानमा ७.१ रेक्टरस्केलको भूकम्प गएको छ।

भूकम्प गएसँगै जापानको कोची, मियाजाकीलगायतका प्रिफेक्चरहरूमा सुनामीको चेतावनी दिइएको छ।

भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको छ ।

जापानको मौसम विभागले ती स्थानहरूमा सुनामी जान सक्ने भन्दै उच्च सतर्कता अपनाउन भनेको छ।

स्थानीय समयअनुसार ४:४३ मिनेटमा मियाजाकी भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

प्रकाशित मिति: २४ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्