मोरङमा गोली प्रहार


 


मोरङ , माघ १२

मोरङको कछिया गाविसको कछिया बजारमा घनश्याम बहरदारमाथि गोली प्रहार भएको छ । जीवन विकास लघु वित्त संस्थामा काम गर्ने विराटनगर रंगेली–११ का बहरदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । लघुवित्तको पैसा संकलन गर्न जाने क्रममा आक्रमण भएको हो ।

तिघ्रामा गोली लागेका उनको विराटनगर अस्पतालमा उपचार भैरहेको छ । घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्