नेपालको हवाइ सुरक्षा प्रणालीमाथि नै अध्ययन गर्नुपर्छ : पर्यटनमन्त्री पाण्डे


 


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाइ सुरक्षा प्रणालीमाथि अध्ययन गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार बसेको बैठकमा बोल्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

पर्यटनमन्त्री पाण्डेले हवाइ सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

पर्यटनमन्त्री पाण्डेले नीतिगत, कानुनी, प्राविधिक, जनशक्ति हो कि भनेर अध्ययन गर्ने बताए।

हवाई क्षेत्रमा अनुगमन र नियमनको पाटोसमेत हेर्नुपर्ने पर्यटनमन्त्री पाण्डेको भनाई छ । अब सरकारले समग्र सिस्टममाथि नै अध्ययन गर्नुपर्ने पर्यटनमन्त्री पाण्डेले बताए ।

विगतमा पनि अनुसन्धान गरेर प्रतिवेदन बुझाउने तर दुर्घटना भइरहने समस्या देखिएको उनले बताए ।

अब भने त्यस्तो अवस्था अब अन्त्य गर्नुपर्ने पर्यटनमन्त्री पाण्डेको भनाई छ।

प्रकाशित मिति: २४ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्