आजबाट प्रधानसेनापति शर्मा अनिवार्य बिदामा, विवादित सिग्देल कायममुकायम !


 


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आजबाट अनिवार्य अवकाशका लागि एक महिना बिदा बस्दैछन्  ।

उनले आगामी २४ भदौमा अवकाश पाउँदैछन् । अवकाश हुनुभन्दा महिना दिनअघि नै सेनामा घर बिदामा बस्ने चलन छ ।

सोहीअनुसार शर्मा बिहीबारदेखि बिदामा बस्न लागेका हुन् । प्रधानसेनापतिको तीनवर्षे कार्यकाल पूरा गरी शर्मा अनिवार्य अवकाशमा जान लागेका छन् ।

उनले बुधबारनेपाली सेनाको सङ्गठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि पनि सार्वजनिक गरेका थिए ।

अब भावी प्रधानसेनापतिका रूपमा जन्म मिति कीर्तेकाण्डमा मुछिएका रथी अशोकराज सिग्देल नेतृत्वमा आउनेछन्  ।

१४ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

सरकारले कीर्तेकाण्ड दबाउन ४० दिनअघि नै विवादस्पद सैनिक अधिकारी सिग्देललाई कामुको जिम्मेवारी दिएको आरोप छ ।

प्रकाशित मिति: २४ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्