जाजरकोट जिप दुर्घटनामा मृतकको संख्या दुई पुग्यो


 


जाजरकोट, साउन २४ । जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत भेरी नगरपालिका–६ का ८० वर्षीय कलिमान खत्रीको पनि मृत्यु भएको छ ।

बुधबार दिउँसो ३ बजे खंलगाबाट भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा जिप चालक भेरी नगरपालिका–६ गंगटियाका ३४ वर्षीय मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा भेरी नगरपालिका–६ बस्ने २८ वर्षीय सपना वि.क, ३५ वर्षीय भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सिता पुन, २१ वर्षीया धनसरा खड्का, २८ वर्षीया भूमिकला राना, उनका ४ महिनाका छोरा प्रज्वलन घर्ती घाइते भएका छन् ।

त्यसैगरि, ३६ वर्षीया कल्पना खत्री, ३३ वर्षीया अस्मिता खत्री, ३१ वर्षीया पार्वती उपाध्याय र ४० वर्षीया हिरा सार्की घाइते भएकी छन् । उनीहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्