काभा वुमन्सको उपाधि भारतलाई, फाइनलमा चुक्यो नेपाल


 


काठमाडौं २३ साउन। घरेलु टोली नेपाललाई हराउँदै भारतले काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनल खेलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । पाचौं सेटमा भारतले १५–५ ले जित निकाल्यो ।

पहिलो सेट २५–२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४–२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५–२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन ।

चौथो सेटमा भारतले २५२१ ले जित निकाल्दा खेल पाचौं सेटमा धकेलिएको थियो । पाँचौ सेटमा सुरुदेखि नै अग्रता लिदै भारतले उपाधि रक्षा गर्‍यो।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्