प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएका थिए ।

प्रधानमन्त्री ओलीले एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्