डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको आरोपमा एक पाकिस्तानी पक्राउ


 


एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको योजना बनाएको आरोप एक पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

४६ वर्षीय आसिफ मर्चेन्टलाई अमेरिकाका प्रख्यात राजनीतिज्ञको हत्या गर्न न्युयोर्कमा हिटम्यान हायर गर्ने प्रयास गरेको आरोप लागेको हो।

एफबीआईका निर्देशक क्रिस्टोफर रेले यो हत्या गर्ने षड्यन्त्र वा योजनाको सम्बन्ध प्रत्यक्षरुपमा इरानसँग रहेको जनाएका छन्।

रिपब्लिकन उम्मेदवारको हत्याको षड्यन्त्रमा इरानको संलग्नता पत्ता लागेपछि अधिकारीहरूले जुनमा ट्रम्पको सुरक्षा बढाएका थिए।

एफबीआई निर्देशकले कुनै पनि राजनीतिज्ञ वा कुनै अमेरिकी नागरिकको हत्या गर्ने विदेशी षड्यन्त्र हाम्रो राष्ट्रिय सुरक्षाको लागि खतरा भएको र यसको सामना गर्न एफबीआईले आफ्नो पूरा स्रोत प्रयोग गर्ने बताए।

आसिफ मर्चेन्टलाई जुलाईमा पक्राउ गरी हाल न्यूयोर्कमा राखिएको छ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्