मन्त्री खड्काको सचिवालयले भन्यो – शुभकामना दिन आउँदा खादा-माला नल्याउनू


 


कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्कालाई शुभकामना तथा बधाई दिने क्रममा खादा तथा मालाको प्रयोग नगरिदिन आग्रह गरिएको छ ।

मन्त्री खड्काको कार्यकक्ष बाहिर टाँस गरिएको सूचनामा खादा, माला र अविरको प्रयोग नगर्न भनिएको हो ।

मन्त्री खड्काको सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कृपया माननीय मन्त्रीज्यूलाई शुभकामना दिन आउँदा खादा, माला र अबिरको प्रयोग नगरी दिनहुन विनम्र अनुरोध छ ।’

सोमबार प्रदेशको सामाजिक विकासमन्त्रीमा नियुक्त भएका खड्कालाई अहिले मन्त्रालयमा पुगेर बधाई तथा शुभकामना दिनेको बाक्लो भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्