पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दाको फैसला आज आउने


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको फैसला आज आउँदैछ ।

यस मुद्दामा तीन न्यायाधीशहरूको संवैधानिक इजलासले आदेश दिन लागेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ भएको थियो ।

संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर आज निर्णय सुनाउने मिति तय भएको थियो । यसअघि असर १२ गते निर्णय सुनाउनका लागि मिति तय भएर पनि स्थगित भएको थियो ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको दाबीसहित तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्