व्यवस्थापिका संसदको बैठक बस्दै


 


काठमाडाैं, माघ १२

व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो दुईबजेपछि बस्ने बैठकले निर्वाचन सम्बन्धी दुइ ओटा बिद्येयक पारित गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

हिजो बैठकमा राज्यव्यवस्था समितीका सभापति दलबहादुर घर्तिले समितिले पारित गरेको मतदाता नामावली सम्बन्धी कानुन र निर्वाचन आयोगको काम, कर्तव्य तथा अधिकार एकीकरण गर्न बनेको विधेयक पेश गरेका थिए।

मतदाता नामावली सम्बन्धी विधेयकमा संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा मतदानका लागि फोटो सहितको परिचयपत्र अनिवार्य गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै निर्वाचन आयोग सम्बन्धी विधेयकमा निर्वाचनको मिति सरकारले नै तोक्ने प्रावधान राखिएको छ । तर मिति तोक्नुपूर्व निर्वाचन आयोगको परामर्शलाई अनिवार्य गरिएको छ ।

आजको बैठकमा समान्य छलफलपछि दुईओटै विधेयक पारित गर्ने तयारी भएको सचिवालयले जनाएको छ । समितिले निर्वाचनसँग सम्बन्धित विधेयकको कामलाई छिटो पूरा गर्न उपसमिति बनाएर काम गरिरहेको छ ।

संबिधान जारी भएको करिब १७ महिनामा मात्रै सरकारले पहिलोपटक निर्वाचनसँग सम्बिन्धीत बिधेयक पारित गरेको हो ।

प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्