देश छोड्न खोजिरहेका बंगलादेशका पूर्व विदेशमन्त्री विमानस्थलबाट पक्राउ


 


एजेन्सी । बंगलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सहमहासचिव हसन महमूदलाई हजरत शाहजलाल पक्राउ परेका छन् ।

उनी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । हसन महमूद देश छोड्न खोजिरहेका थिए ।

महमूदलाई मंगलबार दिउँसो अध्यागमन प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । महमूदलाई राति करिब ८ः३० बजे सेनाको जिम्मा लगाइएको थियो।

यसअघि पूर्व सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्