घरबाट नगदसहित ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी


 


नवलपरासी, साउन २३ । नवलपुरको कावासोतीमा मंगलबार राति घरमा नगदसहित गरगहना चोरी भएको छ ।

घर कोही नभएको मौका पारी कावासोती १६ तिनघरे स्थित हुमलाल विकको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घरबाट १ लाख ५० हजार नगद, औठी, तिलहरी, सिक्री लगायतका गरी ५ तोलाबराबरको सुनको गरगहना, खुत्रुकेमा बचत गरेको रकम, काँसका भाडाकुडा गरी ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको दाबी गरिएको छ ।

अज्ञात समूहले घरको मुलगेटको ताला फोरी चोरी गरेको प्रहरीले जनाएको छ ।

घटना स्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान गर्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । उनका अनुसार नवलपुरमा चोरीका घटना बढेका छन् ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्