मन्त्री भइसकेका आलम दोस्रो पटक राज्यमन्त्री बनेपछि…
जनकपुरधाम । मधेश सरकारमा पहिलोपटक क्याबिनेट मन्त्री बनेका मोहम्मद जयद आलम दोस्रापटक राज्यमन्त्री बनेका छन् ।
पहिलोपटक उनी जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेका थिए ।
तर अहिले उनी भौतिक पूर्वाधार विकार राज्यमन्त्री बनेका हुन् । मधेश सरकारले मंगलबार पाँच राज्यमन्त्री थपेका थिए ।
नेकपा एमालेबाट रौतहट क्षेत्र नं.२ (क) बाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार