कञ्चनपुरमा बिहानैदेखि भारी वर्षा


 


काठमाडौँ, साउन २३ । कञ्चनपुरमा आज बिहान भारी वर्षा भएको छ ।

सुन्दरपुर र हनुमाननगर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने दैजी, चौधर, सुहेली र अन्य साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्