प्रधानमन्त्री ओली काभा महिला भलिबलको फाइनल हेर्न जाने


 


काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन हेर्न त्रिपुरेश्वर जाने भएका छन् ।

त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज अपराह्न ५ बजे खेलमा नेपाल र भारतीय महिला टोलीबीच फाइलन खेल हुँदैछ ।

घरेलु टोली नेपालले मंगलबार भएको सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो भने भारतले श्रीलंकालाई सोझो सेटमा हराएको थियो ।

यसअघि समूह चरणमा नेपालले प्रतिस्पर्धात्मक खेलमा भारतलाई ३–२ ले पराजित गरेको थियो ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्