ईपीएस भाषा परीक्षामा ९ हजार जना उत्तीर्ण


 


काठमाडौं, साउन २३ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा ८ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सन् २०२४ मा ईपीएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएकोमा आठ हजार ९६५ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले जानकारी गराएको हो ।

सो शाखाका अनुसार गत वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म ७९ हजार ९३७ जनाका लागि लिइएको दोस्रो चरणको भाषा परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएका थिए ।

यसअघि पहिलो चरणमा लिएको भाषा परीक्षा र सीप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । पहिलो चरणमा परीक्षामा ४० हजार ५८० जना सहभागी भएकोमा भाषा परीक्षामा ६ हजार ३२१ जना उत्तीर्ण भएका थिए ।

पहिलो चरणमा कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ७४१ जना सीप परीक्षामा अनुत्तीर्ण भएका थिए ।

यो संख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो । दोस्रो चरणको परीक्षा उत्तीर्ण गरेका आठ हजार ९६५ जना सीप परीक्षा हुन बाँकी रहेको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्