शेख हसिनाले देश छाडेपछि पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न आदेश


 


एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन्।

भ्रष्टाचार आरोपमा जेल जिवन बिताईरहेकी जियालाई तत्काल रिहा गर्न राष्ट्रपति शाहबुद्दीनले आदेश दिएका हुन् ।

७८ वर्षीया जिया स्वास्थ्यका अवस्थाका कारण अस्पतालमा उपचाररत छिन्। उनलाई भ्रष्टाचार आरोपमा शेख हसिना सकारले १७ वर्ष जेल सजाय सुनाएको थियो ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर मुलुक छाडेपछि सेना प्रमुख वाकर उज जमानले अन्तरिम सरकार गठन गरिने बताएका छन् ।

सोहीअनुरुप राष्ट्रपति शाहबुद्दीनले समेत सरोकारवालाई सबैलाई समेटेर अन्तरिम सरकार गठन गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्