खराब मौसमका कारण हवाई सेवा प्रभावित, विमान आकाशमै ‘होल्ड’ र ‘डाइभर्ट’


 


काठमाडौँ । बाक्लो पानी र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ ।

विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको छ ।

खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको बताइएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्