प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


 


काठमाडौँ, साउन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएको छ ।

बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ हुनेछ ।

त्यस्तै, बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्