बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई जेलबाट रिहा गर्न आदेश


 


काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् ।

बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएका हुन् ।

७८ वर्षीया जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेर गएपछि अन्तरिम सरकार गठनको तयारी समेत गरिएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्