डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु


 


काठमाडौँ, साउन २२ । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

यस वर्ष हालसम्म दुई हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाले जनाएको छ ।

७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबै भन्दा बढी सङ्क्रमित संख्या २ सय ८७ जना काठमाडौँ जिल्लाका छन् । काठमाडौँ उपत्यकाभर भने ३ सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् ।

यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान समेत गरिएको छ ।

देशभर ७७ मध्ये चार जिल्ला डेंगुबाट सुरक्षित छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्