आज चारवटा संसदीय समितिको बैठक बस्दै


 


काठमाडौँ, साउन २२ । संघीय संसद्का चारवटा संसदीय समितिका बैठक आज बस्दै छन् ।

राज्यव्यवस्था तथा सुशासन, कानुन, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ गरिने छ ।

यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा उपभोक्ता तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमनलगायतका विषयमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्