ईपीएसको दोस्रो चरणको नतिजा सार्वजनिक


 


काठमाडौँ, साउन २२ । कोरियन भाषा परीक्षा (ईपीएस)को दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ ।

एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म लिएको भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

६६ हजार ३२६ जनाले परीक्षा दिएकोमा ८ हजार ९६५ जना उर्तीर्ण भएका छन् । जुन १३.५ प्रतिशत मात्रै हो ।

परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन दिएका थिए । दोस्रो चरणको परीक्षामा पास भएकाहरुको मात्र अन्तिम नामावलीमा प्रकाशित गरिनेछ ।

अब २०८१ को कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म तेस्रो चरणको परीक्षा हुनेछ । यसअघि २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म पहिलो चरणको परीक्षा सञ्चालन गरिएको थियो । जसमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना मात्रै उर्तिर्ण भएका थिए ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्