आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना


 


काठमाडौं, साउन २२ । हाल मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले मनसुन सक्रिय छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा आज (मंगलबार) देशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।

रातिको समयमा झन् धेरै वर्षा हुने अनुमान गरिएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा अति भारी वर्षा हुनेछ ।

महाशाखाका अनुसार केही दिन अत्यधिक वर्षा निरन्तर हुनेछ । केही ठाउँमा धेरै भारीदेखि अति भारी वर्षा हुने भएकोले ती क्षेत्रमा बाढीपहिरोको जोखम हुने भएकोले सतर्क सरहन महाशाखाले अपिल गरेको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्