२०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने प्रधानसेनापति शर्माको घोषणा


 


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले २०८३ भित्र काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माणको काम सक्ने बताएका छन् ।

द्रुतमार्गअन्तर्गत पर्ने मकवानपुरको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रुमा आयोजित कार्यक्रममा बोल्दै प्रधानसेनापति शर्माले यस्ते बताएका हुन् ।

प्रधानसेनापति शर्माले भने,‘यो आयोजनाको प्रगति ३६ प्रतिशत सकियो, हामी तोकिएको अवधिमै आयोजना सक्छौं ।’

मुख्य चुनौती सुरुङ निर्माण भएको र त्यो काममा सफल भइसकेकाले अब बाँकी काम पनि निर्धारित समयमै सकिने उनले बताए ।

सुरुङ निर्माणमा सफल भएको र त्यो ज्ञान नेपाली इन्जिनियरहरुलाई पनि बाँड्ने उनले बताए ।

काठमाडौंबाट निजगढ जाने १७२८ मिटर लम्बाइ रहेको सुरुङ नेपाली सेनाको व्यस्थापनमा पोली च्याङ्दा चिनियाँ कम्पनीले निर्माण गरिरहेको छ ।

काठमाडौं-तराई मधेश द्रुत मार्ग आयोजनामा ६ स्थानमागरी जम्मा १०.३९० किमि लम्बाइको सुरुङ मार्ग बन्ने प्रधानसेनापति शर्माले बताए ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्