सुदूरपश्चिममा नाउपाबाट मन्त्री बन्दै लक्ष्मणकिशोर, आजै शपथको तयारी


 


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सहभागी हुने भएको छ ।

संसदीय दल स्रोतका अनुसार नाउपाले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने बताइएको छ ।

सुदूरपश्चिममा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमलबहादुर शाहले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

त्यसलगत्तै मन्त्रिहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्