आजै मन्त्रिपरिषद् विस्तार गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी


 


धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् ।

आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारीे तयारी थालेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको जनाएको छ ।

त्यसका लागि शाहले सत्तारूढ नेकपा एमालेसँग छलफल गरिरहेका छन् भने कांग्रेसमा समेत मन्त्रीको नाम टुंगो लगाउन छलफल जारी छ ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्