कोशीमा मन्त्री छान्न सकस, छलफलमा देउवा


 


काठमाडौँ, साउन २१ । कोशीमा मन्त्री छान्न सकस भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा पदाधिकारी र पूर्वपदाधिकारीसंग छलफलमा जुटेका छन् ।

मन्त्री छान्न देउवा बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारसंग छलफल गरिरहेका हुन् ।

कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाडौँ आएका छन् । कोशीमा कांग्रेस एमालेबिच भएको सहमतिअनुसार कांग्रेसले चारवटा मन्त्रालय पाउने भएको छ । तर कांग्रेसभित्र डाक्टर शेखर कोइराला समूहले मन्त्रीको नाम पठाउन सकेको छैन ।

चार मन्त्रालयमध्ये कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारी छ ।

यसमा शेखर कोइराला समुहले आफ्नो समूहबाट मन्त्री बन्ने आकाङ्क्षी धेरै भएको भन्दै न्यूनतम २ जना मन्त्री बनाउनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्