रुपन्देहीका अग्रज पत्रकार पन्तको निधन


 


बुटवल, साउन २१ । रुपन्देहीका अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ ।

दुई वर्षदेखि क्यान्सर रोगबाट ग्रसित ६६ वर्षीय पन्तको आइतबार राति सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो ।

क्यान्सर रोगको उपचार गराइरहेकामा केही समयदेखि घरमै रहेका थिए । इमेज टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरेका पन्त पछिल्ला वर्षहरुमा लुम्बिनीको प्रचारप्रसारमा लागेका थिए ।

उनले अमेरिका लगायत विभिन्न देशमा पुगेर लुम्बिनीका मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्ति दीप लगायतका फोटो प्रदर्शन गर्दै प्रचार गर्ने गरेका थिए ।

स्वर्गीय पन्तका श्रीमती र दुई छोरा छन् ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्