प्रधानमन्त्री ओलीले आज फास्ट ट्र्याक अनुगमन गर्दै


 


काठमाडौं, साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक अनुगमन गर्ने भएका छन् ।

ओलीले अनुगमनका क्रममा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

धेद्रेमा रहेको एक दशमलब ७२८ किलोमिटर लम्बाइ रहेको काठमाडौं–निजगढ सुरुङको ‘ब्रेक थ्रु’ का लागि प्रधानमन्त्री ओली त्यसतर्फ जाने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

ओली आज हेटौंडासम्म पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायतको सहभागिता रहनेछ ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्