दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


 


दाङ, साउन २१ । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर त्रिवेणी गाउँपालिका–३, टोड्केका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबार साँझ शान्तिनगर गाउँपालिका १ हाँडिचारमा दुर्घटना भएको थियो । दुर्घटनामा सातजना घाइते भएका थिए ।

घाइते ६ जनामध्ये गम्भीर अवस्थाका दुई जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्