सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज शपथ लिने


 


काठमाडौं, साउन २१ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार शपथ लिँदैछन् ।

शाहले सोमबार अपराह्न ४ बजेपछि शपथ ग्रहण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

दोस्रोपटक मुख्यमन्त्री बनेका शाहले सोमबार नै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी गरेका छन् । मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ गराउने तयारी गरिएको छ ।

सात सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिनेगरी भागवण्डा टुंगिएको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्